सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

मोरङ, ।

मोरङको उर्लाबारी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दमक नगरपालिका-३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् ।

मंगलबार राती ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक-३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीवाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको छ ।