ट्रयाक्टरले किच्दा चालकको मृत्यू

झापा ।

झापाको झापा गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किच्दा चालकको मृत्यू भएको छ । मंगलबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा चालक झापा गाउँपालिका-४ का २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किचेको थियो ।  उनको घटनास्थममै मृत्यू भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानूनि प्रकृया भईरहको छ ।