मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु

झापा ।

झापाको दमक नगरपालिका-२ भाङबारी भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिँदा मोटरसाईकलमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मंगलबार राती साढे १० बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १-०२-४३ प. ६९२६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका राप्ती नगरपालिका-४ चितवनका १९ बर्षीय किसन बि.क., खोटाङ चिसापानी-४ का २३ बर्षीय अमित बि.क. र ताप्लेजुङ न्याङ्कोल्याङ गाँउपालिका-३ का अनिल बि.क. को घटनास्थलमा नै मृत्यु भएको हो ।

थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।