ए डिभिजन लिग : जावलाखेल २–० सातदोबाटो

जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । जावलाखेलले सातदोबाटोलाई २–० ले पराजित गरेको हो ।

जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

लिगमा दोस्रो जित निकालेको जावलाखेल ६ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि थ्री स्टार सातौ र एनआरटी आठौं स्थानमा रहेको छ । पराजित सातदोबाटो ६ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।