ब्राउनसुगर सहित १ जना पक्राउ

झापा।

झापाको बिर्तामोड नगरपालिका-१ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।