ए डिभिजन लिग : मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको मनाङको १३ अंक छ ।