मोटरसाईकल दुर्घटना हुदा १ मृत्यू, २ घाईते

झापा ।

झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यू र २ जना घाईते भएका छन । मृत्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन ।

आज दिउसो साढे बाह्र बजे WB 74P 9717 नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।