कारी हत्या आरोपमा श्रीमान् र श्रीमती नै पक्राउ

बिराटचोक ः सुनसरीको इनरुवा नगरपालिका ३ स्थीत सोमबारे हाटका ४० वर्षीय कारी यादवको हत्या आरोपमा श्रीमान र श्रीमती नै पक्राउ परेका छन् । गत बुधबार मृत अवस्थामा भेटिएका यादवले छिमेकी अनिता पंडित संग घर बाहिर अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पंडितका श्रीमान अशोक पंडितले भेटेपछि हत्या गरेको स्यीकारेका छन् ।
पण्डितले भाडो बनाउने घरेलु हतियारले पछाडिबाट आक्रमण गरी घाँटीमा पलाष्टिकको डोरी बांधेर यादवको हत्या गरेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसंधानमा पाइएको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न दुवैलाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिता बिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएर अनैतिक कार्य गरिरहेको देखेपछि आबेसमा आएर हत्या गरेको अनुसन्धान बाट पइएको बताएको छ ।
हत्या पश्चात अशोकले यादवको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएको पाइएको छ ।