सवारी दुर्घटनाबाट महिलाको मृत्यु

सुनसरी ।

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उप-महानगरपालिका-४ कि ६५ बर्षिया देबी खडका रहेकि छन ।

बिहान ११ बजे धरान तर्फ जादै गरेको प्रदेश १-०२- ००१ ख ८६५२ नम्वरको ट्रकले पैदल यात्री खड्कालाई ठक्कर दिएको थयो । घाईते खड्काको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति-६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।