२४ घण्टामा दुई सय ६० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार आठ सय ९८ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार दुई सय ७१ पुगेको छ ।

यही अवधिमा थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८२ पुगेको छ । अहिले नेपालमा पाँच हजार ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।