पञ्चदीप साकोसको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पञ्चदीप बचत तथा ऋण सहकारी संस्थाले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मोरङको बेलबारी २ मा अवस्थित सहकारीले शनिबार थापाचोकमा रहेको संस्थाको आफ्नै जग्गामा साधारणसभा सम्पन्न गरेको हो ।

सहकारीका ब्यबस्थापक शिव कुमार रुपाखेतीले प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक बर्ष २०७७– ७८ मा ८५ लाख ३५ हजार ७ सय ३० रुपैयाँ आम्दानी गरेको छ । ६० लाख ९१ हजार ९ सय ६० खर्च हुँदा खुद मुनाफा ५ लाख १७ हजार १ सय ७५ भएको छ ।
आगामी आर्थिक बर्ष २०७८–७९ का लागि अनुमानित आम्दानी १ करोड ६२ लाख ६८ हजार र खर्च १ करोड ५० लाख ६६ हजार ५५ प्रस्ताव गरिएकोमा बन्दसत्रबाट अनुमोदन भएको छ ।
गत बर्ष मात्रै बेलबारी २ भित्र रहेका गोल्डेन फ्युचर, लालभित्ति, सयपत्री, कबीर र संरक्षण सहकारी मिलेर पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो ।