ए डिभजन लिग : एपिएफ र एनआरटीको बराबरी

एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभजन लिगमा शुक्रबार बराबरी खेलका छन् । दशरथ रंगशालामा भएको छैटौं चरणको पहिलो खेलमा एपिएफ र एनआरटीले ३–३ को बराबरी खेलेका हुन् ।

एपिएफका लागि आशिष लामाले २ र दिपेश धिमालले एक गोल गरे । एनआरटीका लागि दर्शन गुरुङले २ र अर्को गोल मेसुके ओलुमोईले गरे ।
बराबरीपछि एनआरटी ७ अंकसहित छैटौं स्थान र ५ अंकसिहत एपिएफ ११ औं स्थानमा उक्लेको छ ।