कर्तव्य ज्यान सम्बन्धि घटनामा संलग्न १ जना पक्राउ

संखुवासभा ।

संखुवासभाको खाँदबारी नगरपालिका-११ का २७ बर्षिय जीवन दर्जी कर्तव्य ज्यान सम्वन्धि घटनामा पक्राउ परेका छन । यहि पौष ४ गते जीवन दर्जी र सोही स्थानका ३० बर्षिय चन्द्र बहादुर दर्जी बिच मादक पदार्थ सेवन गरी आपसमा झै झगडा गरी कुटपिट हुदा सोही कुटपिटका कारण चन्द्र बहादुर बिरामि परेका थिए ।

बिरामी चन्द्र बहादुरको जिल्ला अस्पताल संखुवासभामा उपचारको क्रममा पौष ५ गते मृत्यु भएको थियो । घटनामा संलग्न जीवन दर्जीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।