सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा भेनले ठक्कर दिँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिहं गाउँपालिका-१ का ५५ बर्षिय रामेश्वर उराउ रहेका छन् ।

बुधबार राति ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९०९१ नम्बरको भेनले पैदल यात्री उराउलाई ठक्कर दिएको थियो । घाइते उराउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक इनरुवा नगरपालिका-८ का २५ बर्षिय राम चरित्र महत्तोलाई जिल्ला प्रहरी कार्यालयले सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।