बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते

झापाको कमल गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पछाडि सवार घाईते भएका छन ।

मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ बर्षिय अभिषेक यादव रहेका छन ।

बुधबार बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को.१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका-२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको छ ।