२४ घण्टामा दुई सय ९३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गर्दा दुई सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय ६३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार नौ सय २२ पुगेको छ । यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८१ पुगेको छ । अहिले नेपालमा पाँच हजार एक सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।