२४ घण्टामा दुई लाख ८२ हजारले लगाए कोरोना विरुद्धको खोप

पछिल्लो २४ घण्टामा थप दुई लाख ८२ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई लाख ८२ हजार ६ सय जनाले खोप लगाएसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९८ लाख ३८ हजार दुई सय जनाभन्दा धेरै पुगेको छ ।

यस्तै एक करोड २६ लाख ७२ हजार चार सयभन्दा धेरै जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले अहिले १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ । बालबालिकालाई स्कुलमै पुगेर खोप दिने क्रम चलिरहेको छ । १८ वर्षमाथिका नागरिकलाई भने सरकारले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ ।