माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा मिक्सो

नेकपा माओवादी केन्द्रको प्रदेश-१ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन ।

अध्यक्षका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई १ सय ५ मतले पराजित गरी नेम्वाङ विजयी भएका हुन ।

नेम्वाङले १६९  मत तथा मेन्याङ्बोले ६४ मत प्राप्त गरे । त्यस्तै तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ निर्वाचित भएका छन ।

सचिवमा गणेश उप्रेती (सुशील) विजयी भए । त्यस्तै तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुङ्गाना र सागर किराँती तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका छन ।