लागुऔषध सहित १ पक्राउ

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका -२ का ३८ बर्षिय कालु बहादुर राई रहेका छन ।

आइतबार बेलुका साँढे ५ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।