संखुवासभामा ट्याक्टरको ठक्करबाट वालकको मृत्यु

संखुवासभा ।

संखुवासभाको सभापोखरी गाउँपालिका-१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका-२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन ।

आइतबार बेलुकी साढे ५ बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना गराउने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।