सुनसरीको कोशीटप्पुमा नोबेलको निःशुल्कस्वास्थ्यशिविर

सुनसरी ।
सुनसरीको बराहक्षेत्रनगरपालिका–९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । इटहरी–४ स्थित इन्खाएकीकृत अस्पताल प्रा.लि. र बराहक्षेत्र–९ स्थित कोशिकाप्राथमिकविद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा१हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागिशिविरमाआएका १८९ जनाको भिडियो एक्सरे, १८२ जनाको रक्त परीक्षण र ६५ जनाको मुटुको जाँच (इसीजी)गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघिगतबुधबार नोबेलले इटहरीको तालतलैयामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरेको थियो । ग्रामिण क्षेत्रकाविपन्नविरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालकागाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।