प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १–१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८६ रहको छ ।