नेपाल जेसिजको महाधिवेशनमा बेलवारी जेसिज पुरस्कृत एवं सम्मानित

बेलबारी जेसिजले क्षेत्र क को चौथो त्रैमासिक उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । पोखरामा सम्पन्न नेपाल जेसिजको राष्ट्रिय महाधिवेसनमा क्षेत्र क को चौथो त्रैमासिक उत्कृष्ट अवार्डका साथै चेन्ज मेकर अवार्ड एरिया ए बाट संमानित एवम पुरस्कृत भएको हो ।
सुर्खेत जिल्लाको चौकुना गाउपालिकाको रेक्चामा पानीको हाहाकारले गर्दा त्यहाँका मानिसहरु विस्तापित हुने अवस्था आएकोले युवाको लगानी रेक्चामा खानेपानी भन्ने नारा सहित बेलबारी जेसिजले देशभर अभियान चलाएको थियो । उक्त अभियान अन्तर्गत ३ लाख ३ हजार ३ सय ३३ रकम संकलन भएको थियो ।
अभियान अन्तर्गत संकलन भएको रकम पोखरामा सम्पन्न नेपाल जेसिजको राष्ट्रिय महाधिवेसनमा हस्तान्तरण भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री कृष्णचन्द्र पोख्रेल(नेपाली)ले चौकुने गाउँपालिका रेक्चाका प्रमुख थिर बहादुर साहीलाई अभियान अन्तर्गत संकलन भएको रकम हस्तान्तरण गरेको बेलबारी शाखा बर्ष २०२१ का अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।
यसैबिच जेसिजको राष्ट्रिय महाधिवेसनमा बेलबारी शाखा बर्ष २०२१ का अध्यक्ष अधिकारीले सम्बोधन गर्ने अवसर समेत पाएका छन । जेसिजको इतिहासमा शाखा प्रतिनिधिले सम्बोधन गर्ने उनि पहिलो ब्यक्ति बनेका छन ।




Leave a Reply

Your email address will not be published.