स्कुटर चोरीमा संलग्न बिराटनगरबाट पक्राउ

मोरङ, ।

मोरङको बिराटनगर महानगरपालिका-१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का २२ बर्षिय गणेश कुमार राम रहेका छन् ।

मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका रामलाई बिहिबार जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।