विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

मोरङ, ।

बिरानगर महा-नगरपालिका-७ बाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर-१९ का ४६ बर्षिय विनोद राय, बिरानगर-५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर-१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन ।

उनिहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरेको हो । चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।