केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

काभ्रेको बनेपानगरपालिकामामंगलबार आयोजितनिःशुल्क स्वास्थ्यशिविरमा ११ सयभन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बनेपानगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थितकाठमाडौंं मेडिकल कलेजले स्थानीयवाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १हजार १ सय ५३ जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमाउपचारका क्रममा २१३ जनाको रक्त परीक्षण, १६४ जनाई मुटुको जाँच (इसीजी) र ११७जनाको भिडियो एक्सरे गरिएको छ ।त्यस्तै, दाँतमा समस्याभएका ३१ जनाको दाँतउखेलिएको छ । यता, शिविरमाउपचार सम्भव नभई अप्रेशनगर्नुपर्ने अवस्थाका ४२ जनाविरामीलाई अस्पताल रेफर गरिएको छ ।यसअघि केएमसीले काभ्रेको धुलिखेलमापनिनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको थियो । शिविरबाट १हजार १ सय ६५ विरामीलाभान्वितभएकाथिए ।
पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि गतबर्षदेखि नै केएमसीले बिभिन्न स्थानमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । शिविरबाट हजारौंविरामीले उपचार पाएका छन् ।ग्रामिण क्षेत्रकाबिपन्नविरामीलाई लक्षित गरेरस्वास्थ्यशिविर सञ्चालनलाई निरन्तरतादिइने केएमसीले जनाएको छ ।