दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार सात सय नौ जनाको नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार पाँच सय १६ पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । यो सहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५९ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार ६ सय ८९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।