नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

बिराटनगर, २८ मंसिर ।
विराटनगरस्थितनोबेल शिक्षण अस्पतालले एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असार महिनाबाट छाती चिरेर गरिने मुटुको शल्यक्रियाअर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जनाविरामीको मुटुको शल्यक्रिया गरेको हो ।

एक सय भन्दा बढी विरामीको सफलतापूर्वक ‘ओपन हार्ट सर्जरी’ गरेपछि नोबेलको मुटु बिभागले एक कार्यक्रम गरेर उत्सवपनिमनाएको छ । कार्यक्रममामुटु रोगको उपचारका क्षेत्रमाख्यातीकमाएका डा.ज्योतेन्द्र शर्मा, डा.खालिद हुसेन हक, डा.जोजुनाथपोखरेल, डा.रोशन राउत, डा.महेन्द्र भट्ट लगायतले नोबेलले ‘ओपन हार्ट सर्जरी’ सेवा सञ्चालनगर्दा पूर्वी नेपालसहित छिमेकीमुलुककाविरामीलाई पनिनिकै सहजभएको बताए । सो अवसरमाबोल्दै नोबेल अस्पतालका निर्देशकएवं मुटु बिभागप्रमुख डा.राजेश नेपालले कोरोनाको महामारीकाबीचपनि नोबेलले सय भन्दा बढी ‘ओपन हार्ट सर्जरी’गर्न सफलभएको भन्दै खुशीव्यक्त गरे ।उनले यो अवधिमा१०६ जनाको एवुलेशन थेरापीपनिगरिएको जानकारी दिए ।
चिकित्सकहरुकाअनुसार शरिरको महत्वपूर्ण अंगभएकाले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्याहुँदाअन्य बिधिबाट उपचार गरिन्छ । तर, मुटुको गंभिर समस्याभएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्वबिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्ने गरिएको नोबेलकाओपन हार्ट सर्जन डा.प्रमानशर्मा बताउँछन् ।
जटिल शल्यक्रियाभएकाले नेपालका केही अस्पतालमा मात्रओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले यो सेवाथालेपछि पूर्वी नेपालका बिरामीहरु बढीलाभान्वितभएका छन् । छिमेकीमूलुकभारतकाविरामीहरु पनि‘ओपन हार्ट सर्जरी’का लागि नोबेलमाआउँने गरेको डा.नेपालले जानकारी दिए ।
नोबेलले २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको हो ।यसबीचमा नोबेलले मुटुको चाल गढबढी सम्बन्धिउपचारका लागिमोफसलमै पहिलो पटक ईपील्याव सञ्चालनगर्यो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमाल्याएको हो ।
सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवाप्रदानगर्दै आएको नोबेलले सेवाबिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवाप्रदानगर्दै आएको छ । अहिले मुटु रोगका सवै किसिमको उपचारगर्न नोबेल अस्पताल सक्षम रहेको अस्पताल सञ्चालक डा.सुनिलशर्मा बताउँछन् । मुटुको सामान्यउपचारदेखि ओपन हार्ट सर्जरीसम्मनोबेलमै हुँने भएकाले मुटु सम्बन्धि सबै उपचारमा नोबेल सक्षम रहेको अस्पताल सञ्चालक डा.शर्माको भनाई छ ।