ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ताप्लेजुङ ।

ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-४ लप्सीबोटे स्थित आमबोटे भिरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका-६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् ।

मंगलबार बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना हुँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।