ए डिभिजन लिग : जावलाखेलाई चौथो खेलमा पहिलो अंक

ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग बराबरी खेल्दै जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ ।
बिबिसीसँग गोलरहित बराबरी खेलेपछि जावलाखेलले लिगको चौथो खेलबाट पहिलो अंक जोडेको हो । यसअघि जावलाखेलले सुरुवाती तीन खेलमै आर बेहोरेको थियो । जावलाखेलले मनाङ र पुलिससँग समान १–० को हार बेहोर्दा मछिन्द्रसँग २–० ले पराजित भएको थियो ।
यो बराबरीपछि बिबिसीको ४ खेलबाट ५ अंक पुगेको छ ।समान ५ अंक नै रहेपनि बिबिसी थ्री स्टार, पुलिस र एनआरटीभन्दा पछि रहँदै नवौं स्थानमा छ । लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपिएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ ।