रतुवामाईमा रुखबाट लडेर महिलाको मृत्यु

मोरङ ।
मोरङको रतुवामाईमा रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ बर्षीया डम्बर कुमारी दाहाल हुन् ।
रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पु¥याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।