काठमाडौंका दुई स्थानमा केएमसीको स्वास्थ्यशिविर, एकैदिन २४ सय विरामीको निःशुल्कउपचार

काठमाडौं ।
काठमाडौंका दुई स्थानमाआइतवार काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । स्थानीय संघ–सस्थाहरुसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरीमनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
बाघबजारमापध्मकन्याबहुमुखीक्याम्पससँग सहकार्य गरेर क्याम्पस परिषरमाशिविर सञ्चालनगरिएको हो भने कागेश्वरीमाकागेश्वरी नगरपालिका७नम्बर वडा कार्यालयसँग सहकार्य गरेर शिविर गरिएको हो ।
दुवै शिविरबाट एकैदिन २ हजार ४ सय ६७विरामीको निःशुल्कउपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बागबजारको शिविरमा१९० जनाको रक्त परीक्षण, १७१ जनाको भिडियो एक्सरे र १४५ जनाको इसीजीसहित १ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।शिविरमा १५ जनाको दाँतउखेलिएको छ । शिविरमाउपचार सम्भव नभएका र अप्रेशन गराउँनुपर्ने अवस्थाका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, कागेश्वरीमा १ हजार ३ सय ९२ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २०१ जनाको रक्त परीक्षण, १४९ जनाको भिडियो एक्सरे र ९३ जनाको इसीजीगरिएको छ । शिविरमा २७जनाको दाँतउखेलियो । ४१ जनालाईभने अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।