बैकिङ कसुर मुद्धाको फरार प्रतिवादी पक्राउ

बिराटनगर ।
बैकिङ कसुर मुद्धामा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उम–महनगरपालिका–७ की ५० सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा सनिबार पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।