कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ रामचौक स्थित राजगढ भित्री सडक खण्डमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ५० बर्षिय नगेन्द्र भण्डारी रहेका छन् ।
सनिबार बेलुका ५ बजे बा ९ च ४०५ नम्बरको कारले ना २० प २१८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका भण्डारीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार चालक झापा बाह्रदर्शी गाँउपालिका–४ का ३९ बर्षिय टंक बहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।