२४ घण्टामा दुई सय ५४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ८२ जनाको नमुना परीक्षण गर्दा दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २४ हजार दुई सय २२ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार सात सय ७८ पुगेको छ ।
यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५४ पुगेको छ ।
अहिले नेपालमा पाँच हजार आठ सय ९० जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।