बेलबारी जेसिजलाई यो बर्ष पनि अवार्ड, २०२२ को अध्यक्षमा नवराज सुवेदी

बिगतका बर्षहरुमा झै यो बर्ष पनि बेलबारी जेसिजले सामाजिक क्षेत्रमा काम गरेबापत एरिया ए को उत्कृष्ट शाखाको अवार्ड पाएको छ ।
सुर्खेत जिल्लाको चौकुना गाउपालिकाको रेक्चामा पानीको हाहाकारले गर्दा त्यहाँका मानिसहरु विस्तापित हुने अवस्था आएकोले युवाको लगानी चेक्चामा खानेपानी भन्ने नारा सहित बेलबारी जेसिजले देशभर अभियान चलाएको थियो । उक्त अभियान अन्तर्गत ३ लाख ३ हजार ३ सय ३३ रकम संकलन भएको थियो ।
उक्त अभियान चलाएकै कारण सामाजिक क्षेत्रमा काम गरेबापत एरिया ए को उत्कृष्ट शाखाको अवार्ड पाएको २०२१ का अध्यक्ष राजेन्द्र अधिकारीले बताए । स्थापनाकालदेखि नै बेलबारी जेसिजले कुनै न कुनै अवार्ड प्राप्त गरिरहेको थियो ।

२०२२ को अध्यक्षमा नवराज सुवेदी
बेलबारी जेसिजको छैटौ बार्षिक साधारणसभा तथा पाँचौ साखा अधिवेसन सम्पन्न भएको छ । बेतना सिमसारको सभाहलमा सनिबार सम्पन्न कार्यक्रमबाट २०२२को अध्यक्षमा नवराज सुवेदी चयन भएका छन ।
कार्यकारिणी उपाध्यक्षमा भुवन कार्की र प्रसान्त निरौला चयन भएका छन । उपाध्यक्षमा सियोम सुवेदी, सनम खतिवडा, सपना काफ्ले र सरोज सुवेदी सचिवमा अनु निरौला सर्वसम्मत चयन भएको कार्यकारिणी उपाध्यक्ष भुवन कार्कीले जानकारी दिनुभयो ।
बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा पाँचौ साखा अधिवेसनको खुलासत्रमा बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत, संस्थापक अध्यक्ष माधवराज थापा, निर्वाचन आयुक्त राजेश खत्रि, पुर्व अध्यक्ष दिपेन्द्र खुलाल लगायतको उपस्थिति रहेको थियो ।
जेसिजको बिधान अनुसार २०२१ मा गर्नुपर्ने संपुर्ण कामहरु बेलबारी जेसिजले यो बर्ष समयमै सम्पन्न गरेको छ । साखा अधिवेशन, स्थानीय तहमा दर्ता, जेसिज सदस्यहरुको नविकरण लगायतका कार्य समयमै सम्पन्न भएको २०२१ का अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस अघिका बर्षहरुमा भने अधिवेशन पछिमात्र यि कार्यहरु सम्पन्न हुने गरेका थिए ।