ब्राउन सुगर सहित एक जना पक्राउ

झापा ।
झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोलाबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् ।
शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फुयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।