ट्रयाक्टरमा ठोक्किदा बेलबारीमा मोटरसाइकल चालकको मृत्यु

मोरङ ।
मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझारमा ट्रयाक्टरमा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् ।
शुक्रबार बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।