देशभर दुई सय ५९ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार चार सय ८७ जनाको नमुना परीक्षण गरेकोमा दुई दशमलव ४६ प्रतिशत अर्थात् दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा आठ लाख ६ हजार दुई सय २३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै थप तीन जनाले कोरोना भाइरसको सङ्क्रणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५२ पुगेको छ ।