मानवअधिकार शुक्ष्म विषय : सामाजिकविकास मन्त्री यादव

प्रदेश १ का सामाजिकविकास मन्त्री जयरामयादवले मानवअधिकार शुक्ष्मविषयभएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमामानवअधिकार जोडिएको बताउनुभयो ।

७३ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवशका अवसरमा आज विराटनगरमा मानवअधिकार सञ्जाल, इन्सेक, मानवअधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले मानवअधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताउनुभयो ।
मानवअधिकारको क्षेत्रमालाग्नु भएका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले बताउनुभयो । उहाँले प्रदेश १ लाई मानवअधिकारमैत्री बनाउन चाहेको बताउनुभयो । मन्त्रीयादवले भन्नुभयो,‘ कुनैपनिनागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमामलाई सल्लाहदिनुस् ।’

सामाजिक विकास मन्त्री यादवले मधेश आन्दोलनमा मानवअधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनको समयमाआफु सँधै मानवअधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा मन्त्रीयादवले लामो समय देखि मानवअधिकारको क्षेत्रमालाग्नु भएकाअधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मानितगर्नु भएको थियो ।