प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमाझापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।