स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

बिराटचाेक : नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । बिहिवार मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई प्रदान गर्न आफु लागि पर्ने बताएका छन् । यसअघि उनी कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए ।
बुधबार मन्त्रिपरिषद् पुनर्ग्ठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाएका छन ।

मोरङ क्षेत्र नम्बर ३ बाट ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरी प्रतिनिधिसभा सदस्य भएका हुन् ।