लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

झापा ।
झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका–१० का ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।
यसैगरी बुद्धशान्ति गाँउपालिका–३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका–११ संखुवासभाका ३० बर्षिय दिपक तामाङ, २८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका– ४ की १९ बर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।