लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपलिका–१६ का ३२ बर्षिय आशिष बि.क. र ३० बर्षिय संजोग गजमेर रहेका छन् ।
बुधबार बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।