मोटरसाईकल चोरीमा संलग्न पक्राउ

झापा ।
झापा बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्ध चोकबाट प्रहरीले मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका–३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । ्
मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका–३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले बुधबार बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।