बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

मोरङ ।
बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप–महानगरपालिका–३ का २८ बर्षिय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु.९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा बिहिबार दिँउसो पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कीलाई सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।