ब्राउनसुगर सहित १ जना पक्राउ

झापा ।
झापाको मेची नगरपालिका–६ मेचीपुलबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका–१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् ।
बुधबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।