सवारी दुर्घटनामा परी २ जनाको मृत्यु १ जना घाईते

सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।
मंगलबार बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका–२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव घाईते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक कोशी गाँउपालिका–२ का १८ बर्षिय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगारपालिका–११ स्थितमा बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा–१३ राई चौकका चालक २९ बर्षिय बिरेन राई घाईते भएका थिए । घाइतेलाई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको बुधबार बिहान २ बजे मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।