खैरो हिरोइन किताबभित्र, एक जना झापाबाट पक्राउ

झापाबाट प्रहरीले प्रतिबन्धित लागू औषध २३ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनगाउँ नगरपालिका– १ सल्यान सल्लीबजार बस्ने बर्ष ३० वर्षीय रमेश डिसी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले मेची खोलाको पुरानो पुलमा चेकजाँच गर्ने क्रममा उनलाई २३ ग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । उनले उक्त लागुऔषध झोला भित्र रहेको किताब भित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाएका थिए ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइररहेको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।