ब्राउन सुगर सहित उर्लाबारीबाट २ जना पक्राउ

मोरङ ।
मोरङको उर्लाबारी नगरपालिका–३ नमुना टोलबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उर्लाबारी–३ का २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् ।
मंगलबार बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।